ताजा अपडेट »

रुपन्देहीका एक युवाले गरे एकल महिलासहित डेढ सय जनालाई सम्मान

शनिबार, ०७ चैत्र २०७७, १९ : २९
2 Shares

भैरहवा । ओमसतिया गाउँपालिकाका स्थानीय एक युवाले निजि खर्चमा एकल महिला एवम् साधु सन्तलाई सम्मान गरेका छन् । ओमसतिया-३ बस्ने रमेश धवलले आफ्नो वडा अन्तरगतका सम्पूर्ण एकल महिला एवम् साधुसन्तलाई सम्मान गरेका हुन ।

धवलले वडाका १ सय ३१ जना एकल महिला र २० जना स्थानीय साधु सन्तलाई सम्मान गरेका हुन । उनले एकल महिलालाई साडी र साधुसन्तलाइ कपडा प्रदान गरेका थिए । यस्तै उनले उनिहरुको सम्मान स्वरुप भण्डारासमेत आयोजना गरेका थिए । ग्रामीण क्षेत्रमा अझै पनि एकल महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको बताउँदै उनिहरुप्रति समाजको दृष्टीमा परिवर्तन ल्याउन प्रयास गरेको धवलले बताए ।

सिके राउत नेतृत्वको जनमत पार्टीको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिवसमेत रहेका उनि यस अघि पनि यस्ता काममा सकृय रहेका थिए । जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले समाजबाट पछि पारिएका समुदायलाइ हेर्न सरकारी निकाय नै हुनु पर्ने धारण भए पनि रमेश जस्ता युवाले यस्तो धारणालाई परिवर्तन गरेको बताए । उनले स्थानीय युवाहरुले प्रयास गरे मात्र समाजबाट पछि पारिएका समुदाय मुलधारमा आउन सक्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।