ताजा अपडेट »

सैनामैनाका कृषकलाई २२ लाख बराबरको आधुनिक उपकरण

शनिबार, ०७ चैत्र २०७७, १९ : १२
6 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले करिब २२ लाख बरावरको कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा नगरप्रमुख चित्रबहादुर कार्किले आज वितरण गरेका हुन् ।

कृषकहरुलाई मीनि टीलर ३१ थान, पावर टीलर, महमदानी, बेसार पिस्ने मेशिन र ड्रील मेसिन एक÷एक थान वितरण गरिएको हो । यसैगरी थ्रेसर २ थान,इलेक्ट्रीक मोटर १३ थान, धान मेशिन रिपर दुई थान र पम्पसेट ८ थान वितरण गरिएको थियो । नगर प्रमुख कार्कीले यन्त्रउपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए ।

कोरोनाका कारण बेरोजगार बन्न पुगेका युवाहरुलाई कृषि मार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिँदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामुहिक कृषि प्रणालीमार्फत कृषी कार्य गर्न खोज्ने युवालाई प्रोत्साहन स्वरुप सहयोग गरिरहेको बताए । कृषि उत्पादनको बजार व्यवस्थापनका लागि विभिन्न ठाँउमा हाटबजारको व्यवस्था गरिएको उनले बताए ।

कम लागतमा बढी आयआर्जन होस भन्ने उद्देश्यले आधुनिक यन्त्र वितरण गरिएको यूएनडिपीका प्रदेश प्रमुख सुदिप अर्यालले बताए । नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना सुवेदीले किसानका विभिन्न खेतीमा यान्त्रीकरणको प्रयोग बढ्दो भएको उल्लेख गर्दै उत्पादन वढाउन सहज हुने गरेको उल्लेख गरिन् । कृषकहरुको उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमूलक बनाउने उद्देश्यले सैनामैनामा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको सेतो गुरास बाल बिकास का सुमित्रा शर्माले बताइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।