ताजा अपडेट »

टिन लिडर–०७७ अडिशन : सय जना सहभागी, १५ जनाले प्रतिष्पर्धा गर्ने

शनिबार, ०७ चैत्र २०७७, १८ : ५४
6 Shares

बुटवल । लुम्बिनी प्रदेश स्तरीय टिन लिडर २०७७ सिजन–२ का लागि बुटवलमा अडिसन भएको छ । प्रदेशभरका आठ जिल्लाका करिब सय जना प्रतिस्पर्धिहरु सहभागि हुने अडिसनबाट फाइनल प्रतिस्पर्धाको लागि पन्ध्र जना टिन लिडरहरु छनौट भएका छन् । निर्णायकहरु डिल्ली नारायण पाण्डे, उप.प्रा.डा.तिलक भुसाल, तथा उप प्रा.जुलन गैरेले प्रतिस्पर्धीहरुलाई विभिन्न चार चरणका प्रतिपस्र्धाबाट छनौट गरेका छन् । कार्यक्रमको शुरुमा निर्णायक मण्डलका संयोजक डिल्लि नारायण पाण्डेले प्रतिपर्धिहरुलाई मुल्याङ्कनका विभिन्न मापदण्डबारे जानकारी दिँदै प्रतिस्पर्धीहरुको कलाको निष्पक्ष मुल्याङकन हुने प्रतिवद्धता व्यक्त गरे ।

आयोजक सस्था इन्टेलेक्ट एजुकेशन इन्स्टिच्युसन, बुटवलका अध्यक्ष दिपक रोकाको अध्यक्षता, इभेन्ट म्यानेजर राज के.सीको संचालन, कार्यक्रम संयोजक सह. प्रा. मदन प्रसाद पन्थी, वित्त नियन्त्रक राजु अर्याल, विभिन्न शैक्षिक सस्थाका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु, सस्थाका टिम सदस्हरु, प्रतिस्पर्धीहरु र पत्रकार लगाएतको उपस्तिथिमा रुपन्देहीमा तिलोत्तमा अवस्थित होटल टुलिपमा अडिसन भएको थियो । स्वागत तथा कार्यक्रम बारे जानकारी गराउँदै अध्यक्ष रोकाले प्रदेशभरका कुनाकाप्चादेखि शहरसम्म सुशुप्त अवस्थामा रहेका महिला, पुरुष र यौनिक अल्पसंख्यक किशोर–किशोरीहरुको प्रतिभा प्रष्फुटन तथा उनीहरुलाई समाजप्रति जवाफदेही बनाउन संस्थाले काम गर्दै आएको बताए ।

कार्यक्रम संयोजक मदनप्रसाद पन्थीले करिब तीन महिनाको अथक प्रयास तथा शुभेच्छुक सबैको सहयोगले अडिसन कार्यक्रम सफल भएको बताए । उनले अडिसनबाट छानिएका पन्ध्र जनालाई सात दिने निःशुल्क तालिमपछि उनीहरुलाई ग्रान्ड फिनालेमा समावेश गराइने जानकारी गराए । चैत्र २१ गते हुने ग्रान्ड फिनालेमा विजेताले एकाउन्न हजार नगद राशी पुरस्कार प्राप्त गर्ने छ । फाइनल प्रतियोगिताको मूख्य निर्णायकमा दिनेश डिसी रहने संयोजकले बताए । वित्त नियन्त्रक राजु अर्यालले भाइ कन्सल्टेन्सी अब्रोड बुटवल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, सिभिल बैक लि., अर्घाखाँची सिमेन्ट, हाइलाइफ फुड रुपन्देही लगाएतका सस्थाको प्रायोजन तथा बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिकाको प्रवर्धन, प्रदेशभरका शैक्षिक सस्थाहरु, नागरिक समाज, संचार जगत लगाएतको सहयोगले कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताए ।

https://www.globalaawaj.com/archives/90976
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।