ताजा अपडेट »

पश्चिम नवलपरासीमा वास पत्रकार समूह गठन

शनिबार, ०७ चैत्र २०७७, १९ : १९
4 Shares

परासी । पश्चिम नवलपरासीमा वास पत्रकार समूह जिल्ला समिति गठन भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजनामा आज सुनवलमा खानेपानी, सरसफाइ र स्वच्छता (वास)को क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

भेलाले राससका जिल्ला समाचारदाता मोहन पौडेलको अध्यक्षतामा जिल्ला समिति गठन गरेको महासंघले जनाएको छ । नवगठित समितिको उपाध्यक्षमा दिपक खनाल (रेडियो सुनवल), सचिवमा मालति न्यौपाने (रेडियो परासी) चयन भएका छन् । यसैगरी सदस्यहरुमा कृष्ण ढकाल (नेपाल टेलिभिजन), रमेश भुसाल (प्राईमटाईम टेलिभिजन), राज चौधरी(सगरमाथा टेलिभिजन), वेनिमाधव बस्याल(ग्लोबल आवाज), नन्दु कंवर(रेडियो सन्देश), रामु भुसाल(रेडियो दाउन्ने), गौरीशंकर जयसवाल(दैनिक लुम्बिनी) र ईन्दिरा विश्वकर्मा रहेका छन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । पत्रकारितामार्फत जिल्लाको खानेपानी, सरसफाई र स्वच्छताको यथार्थ अवस्था, समस्या र समाधानका साथै आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा सरोकारवाला पक्षलाई खवरदारी गर्ने कार्य शसक्त हुने विश्वास व्यक्त गरे । खानेपानी महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष तारा सुनारको स्वागतमा भएको कार्यक्रममा सुनवल नगरपालिका-४ का वडाध्यक्ष बीरबहादुर गुरुङ, कार्यपालिका सदस्य शान्ता भण्डारी, पत्रकार गोपी ज्ञवाली, रेशम शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।