ताजा अपडेट »

वातावरण दिवशमा सरसफाई

बुधबार, २२ जेठ २०७६, १८ : ०३
2 Shares

जेठ २२, बुटवल । कञ्चन विश्व वातावरण दिवश तथा लुम्बिनी भ्रमण बर्ष २०७६ को अवसरमा कञ्चन गाउँपालिकाले फायरलाइन लुम्बिनी सडक अन्तर्गत फायरलाईन देखि प्रतापपुर सम्मको सडक सरसफाई कार्यक्रम संचालन गरेको छ ।

कञ्चन गाउँपालिकाको वार्ड नं.३, ४ र ५ वडाका स्थानिय संघ संस्था, बिद्यालय तथा टोल बिकास संस्थाहरुले आ–आफ्नो संस्थाको ब्यानर सहित सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा कञ्चनका जन प्रतिनीधीहरुको समेत सहभागिता रहेको थियो । वडा नं.३ को हरैया बजार क्षेत्र हुँदै प्रतापपुर, हनुमान नगर, झारगैरा र धौलागिरी चोक वडा नं.४ को शिवालय चोक, थकाली चोक, पुर्तिघाट बजार हुँदै अस्नैया र वडा नं.५ को पिपरीचापा, गरगरे भैसाही र सण्डहवा लगायत बिभिन्न टोलहरुमा उक्त सरसफाई कार्यक्रम संचालन गरिएको थियो ।

सरसफाई कार्यक्रमको नेतृत्व वडा नं.३ मा वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले नेतृत्व गरेका थिए भने वडा नं.४ मा अध्यक्ष दुर्गा सिंह क्षेत्री र वडा नं.५ मा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।
रुद्रपुर खानेपानी तथा सरसफाई संस्थाको सह आयोजना रहेको कार्यक्रममा हरैया ताल बिकास संस्था, हनुमान नगर आमा समूह, प्रतापपुर टोल बिकास संस्था, शिबशक्ती आमा समूह, रुद्रपुर माध्यमिक बिधालय, हरैया माध्यमिक बिधालय, रुद्रपुर पिसल्याण्ड भु.पु.सैनिक स्कुल, लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालय, बुद्धदीप आवासिय स्कुल, थकालीचोक टोल बिकास संस्था, जनआस्था पृथ्बी क्लब, नवजागृति आमा समूह, नवदुर्गा आमा समूह, धौलागिरी नारी जागरण आमा समूह लगायत संघसंस्थाहरुको सहभागी रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।