April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

तिलोत्तमाको ड्राइभर टोलमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

4.1K

बुटवल । तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका-९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो अपडेट