ताजा अपडेट »

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

शनिबार, ०७ चैत्र २०७७, १५ : ०६
6 Shares

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ । ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ ।

रासस
लेखकको बारेमा
रासस