ताजा अपडेट »

बीबीसीका म्यानमार संवाददाता बेपत्ता

शनिबार, ०७ चैत्र २०७७, १२ : ४१
4 Shares


याङ्गुन। याङ्गुन म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ ।अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

“म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उनलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।म्यानमारको राजधानीबाट दिउसो नै उनि बेपत्ता हुनुभएको र उनको खोजीका लागि बीबीसीले सवै प्रयास गरिरहेको पनि जनाइएको ।

उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ ।

म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

रासस
लेखकको बारेमा
रासस