ताजा अपडेट »

नेकपा बैठक बिहिबारको लागि सर्यो

बुधबार, २२ जेठ २०७६, १७ : ०७
6 Shares


जेठ २२, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्। बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालले सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान राखेपछि बैठक बिहिबारको लागि सारिएको छ। मंगलबार नै सचिवालयको बैठकमा सो विषय प्रवेश गराइएको थियो।

नेताहरुबीच मत बाँझिएपछि सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाँझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो।

के गर्दा बढि उपयुक्त हुन्छ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली विहान नौ बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा सो विषयमा विस्तृत छलफल गर्न नसकेको पनि उनले स्पष्ट पारे। छलफल सकारात्मक भएको छ’, प्रवक्ता श्रेष्ठले भने ‘भोली बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने छ।’ पार्टी प्रवक्ता श्रेष्ठले भोली बस्ने बैठकमा सो विषयको टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने बताए। स्रोतका अनुसार दाहालले मध्यमार्गी बाटो खोज्न सुझाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।