ताजा अपडेट »

बुटवलमा फ्रि म्यूजिक वर्कसप

शुक्रबार, ०६ चैत्र २०७७, २० : ३५
4 Shares

बुटवल । सांगीतिक ब्याण्डहरुको समूह ‘बुटवल रक्स’ले संगीतकर्मी तथा संगीतप्रेमीहरुका लागि एकदिने ‘बुटवल वर्कसप’को आयोजना गर्दैछ । शनिबार बुटवल–११ कालिकानगर स्थित महाराजा रिसोर्टमा हुने वर्कसपमा गायन,वाद्यवादन तथा विभिन्न विषयमा प्रशिक्षण दिने बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए ।

बुटवल रक्सको आयोजना र काठमाण्डु ज्याज कन्जर्भेटरीको सहयोगमा हुने वर्कसपमा रुपन्देही,नवलपरासी,पाल्पा,कपिलबस्तु,नेपालगञ्ज लगाएतका व्याण्ड सदस्यहरु तथा संगीतप्रेमीहरु सहभागि हुने अध्यक्ष श्रेष्ठले बताए । सहभागिताका लागि कुनैपनि शुल्क नलाग्ने वर्कसपमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले प्रशिक्षण गराउने उनले जनाए ।

जसमा नेपालकै चर्चित व्याण्ड १९७४ AD लगाएतले पश्चिम प्याटर्न,ज्याज,गितार, किबोर्ड, ड्रम्स,फ्लुट लगाएतका विषयहरुमा प्रशिक्षण गराइने कार्यक्रम संयोजक विराज भट्टचनले बताए । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुने प्रशिक्षणमा करिब डेढ सय सहभागी हुने आयोजकको अनुमान रहेको कार्यक्रमका संयोजक भट्टचनले जनाए।

https://www.globalaawaj.com/archives/79601
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।