ताजा अपडेट »

नवलपरासीमा प्राचीन अवशेष भेटिदैँ

शुक्रबार, ०६ चैत्र २०७७, १६ : ५७
10 Shares

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ मा प्राचिन अवशेष भेटिदैँ छन । वडा नम्बर ३ अन्तर्गत पर्ने सरावलको पुर्व जनकपुर सिमाना कोटहि मन्दिर नजिकै रहेको भुभागमा प्राचीन अवशेष देखा परेका छन ।सो क्षेत्रमा ठूलो मात्रामा खपडाहरु, पुराना माटाका भाँडा, गाग्री, खणाउ, हड्डी लगाएतको अवशेष भेटिएका छन् ।

त्यहाँ भएको जमिन अन्य भुभाग भन्दा अग्लो रहेकोले सो भुभागको माटो अनेत्र लग्ने क्रममा ती अवशेषहरु देखा परेकाले त्यस स्थानलाई उत्खनन् तथा माटो ओसार पोसारमा गाउँपालिका रोक लगाएको हो । भेटिएको अवशेष बारे उमंग मिडिया प्रा.लि. द्वारा सन्चालित राष्ट्रिय दैनिक अनलाइनको टिम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीसंग बुझ्दा बुद्धकालिन प्राचिन सायुगा नगर नै अहिलेको सरावल गाउँ रहेको बताएका हुन् ।

सायुगा नगर कोलिय गठराज्य एउटा घनाबस्ति भएको ब्यवसायिक नगर रहेको थियो ।एकपटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगंतुर निकायबाट यसको पहिचान हुन्छ । भगवान पनि यो नगरमा थिए । तर कुनै धर्म उपदेश गरेको बर्णन अहिलेसम्म कुनै बौद्ध साहित्यमा उल्लेख भएको कुरा नपाइएको कुरा उल्लेख गरिएका छन । सायुगा नगर सम्भव त सरावल गाउँपालिका भित्रै पर्ने अनुमान गर्न सकिन्छ । सायुगाबाट सरावल गाउँ हुनसक्ने अनुमान लगाउन सकिन्छ । सरावल गाउँ वरिपरि प्राचिन बस्ती भएको विभिन्न अधार देखिने गरेको पुरातत्त्व क्षेत्रमा काम गर्नेहरूको अनुमान रहेको अध्यक्ष चौधरीले बताए ।

सरावल गाउँ वरिपरि पुरातात्त्विक स्थानको खोज अनुसन्धान गरि प्राचिन बस्तीको रुपमा खोज गरिएयो भने यो सायुगा नगर सम्भवतः सरावल गाउँ हुन सक्ने अध्यक्ष चौधरीले बताए।
अध्यक्ष चौधरीका भनाइ अनुसार बुद्धकालिक प्राचीन सायुगा नगर सब भन्दा सम्पन्न नगर थियो । सायुगा नगर बा अपभ्रस हुँदै सरावल भएको हुनसक्ने बताए । यसको वर्णन त्रिपिटक पुस्तकमा गरिएको छ । यो कोलिय गणराज्य भित्र पर्ने ऐेतिहासिक धार्मिक पुरातात्त्विक स्थल सायुगा नगर रहेको बताए । सरावल गाउँपालिका अध्यक्ष चौधरीले त्यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा बिकास तथा सँरक्षणको लागि एकजुटहुन हुन स्थानीयलाई आग्रह गर्दै छिट्टै सो क्षेत्र सँरक्षणको लागि अगाडि बढ्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।