ताजा अपडेट »

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

शुक्रबार, ०६ चैत्र २०७७, १६ : २४
2 Shares

दारेसलाम । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकि छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकि छिन् ।

तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकि हून् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकि हून् ।

हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकि छिन् ।संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो- चरणको बाँकीे अवधिमा काम गर्ने छिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।

पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छिन् ।

रासस
लेखकको बारेमा
रासस