१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

लमजुङ । चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, “विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएकाले बन्द भएकामा आजदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ ।” विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी मात्र उपस्थित भएको उनको भनाइ छ । विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा तीन विद्यार्थी गम्भीर घाइते भएका थिए ।

घाइतेपश्चात् हेलिकप्टरमा उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पु¥याइए पनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको थियो । गम्भीर घाइते छविन्द्र गुरुङ र अंशु गुरुङ उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानाध्यापक गुरुङको भनाइ छ । विसं २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल २६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस विद्यालयमा वाइफाइको तार, बिजुलीको तारमा समेत क्षति पु¥याएकामा अझै अवरुद्ध भइरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा