ताजा अपडेट »

उपअनुसन्धान निर्देशक हुँ भन्दै ठगी गर्ने पक्राउ

शुक्रबार, ०६ चैत्र २०७७, ११ : २५
6 Shares

चितवन। आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार पक्राउपर्नेमा धादिङको त्रिपुरा सुन्दरी घरभएका ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन् । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको बिहिबार दिउँसो जानकारी दिएको हो ।उनलाई खैरहनी नगरपालिका– ८ मा रहेको होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए । उनले आफूलाई राष्ट्रिय अनुसन्धानको एसपी भएको बताउँदै स्थानीयसँग रकम उठाउने र विभिन्न काम गरिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको उनले बताए ।

अधिकारीका अनुसार उनी यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेका व्यक्ति हुन् । काम छाडेर भागेका ती व्यक्ति ठगीमा लागेको उनले जानकारी दिए । पक्राउ परेका पन्तलाई म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

रासस
लेखकको बारेमा
रासस