ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो,६२ हजार रुपैयाँमा करोबार

बुधबार, २२ जेठ २०७६, १३ : ५५
4 Shares


जेठ २२,

काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले बढेको हो । मंगलबार  तोलामा ६१ हजार सात सय रुपैयाँ रहेको छापावाला सुन बुधबार बढेर ६२ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा  ६१ हजार सात सय रुपैयाँ पुगेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ६१ हजार चार सय रुपैयाँ थियो।चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय १५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।