१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । शुक्रबार बिहान साढे सात बजे भैरहवा बिमानस्थल तर्फ आगोको ठूलो मूस्लो देखियो । बिहान पख कुनै उडान नभए पनि त्यहा बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगायतको साईरन घन्किन थाले पछि भैरहवावासीले गरेको दुर्घटनाको अड्कललाई थप बल पुग्यो । आगोमो मूस्लो बिमान दुर्घटनाकै थियो ।

Advertisement

खनालपुर बिमानस्थलबाट गौतमबुद्ध बिमानस्थल भैरहवा आउदै गरेको अल्फा एयरलाईन्सको बिमान ९ एनएएको बिमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा बिमानमा सवार चालक दलका सहित १५ जना यात्रुहरु घाईते भएका छन् । बिमानमा सवार सबैको सकुशल उद्दार गरिएको गौतम बुद्ध बिमानस्थल भैरहवाका सूचना अधिकारी बिनोद सिंह रावतले जानकारी दिए ।

बिमानस्थलमा अवतरण हुदै गरेको अल्फा एयरको बिमानमा आगलागी भए पछि बिमानस्थमा रहेको उद्दार तथा अग्नी निवारण शाखाबाट खटिएको उद्दारकर्मि र नेपाली सेना तथा नेपाल प्रहरीबाट बिमानको आगो निभाई सफल रुपमा घाईतेहरुको उद्दार गरिएको थियो ।
भैरहवा बिमानस्थल पुग्दा सूचना अधिकारी रावतले यी जानकारी गराई रहेका थिए । यी सबै वास्तविक दृश्य थिए तर दुर्घटना वास्तविक थिएन । गौतमबुद्ध विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको दृश्य थियो यो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो । अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि आन्तरिक विमानस्थलमा वृहत अभ्यास सहित पहिलो पटक अभ्यास गरिएको हो । व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । गौतमबुद्ध विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा व्यस्त हुने विमानस्थल पनि हो । यसका साथै भविष्यमा अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा सञ्चालन हुन जादै छ ।

जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गरिएको नागरिक उड्डययन प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक छविलाल खनालले जानकारी दिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार बिहान ७ बजे देखी साढे ७ बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गरिएको विमानस्थल प्रमुख टेकराज पोखरेल जानकारी दिए ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्यास सहित पहिलो पटक कार्यक्रम गरिएको उनले जानकारी दिए । यसले भोली जहाज वास्तविक रुपमा दुर्घटना हुदा नआत्तिकन मनोबल बढाउदै उद्दारमा सहज हुने उनको बुझाई छ । “भगवानको कृपाले कुनै दुर्घटना नहोस तर कुनै पनि दुर्घटना भए हामी त्यसको सामान तयार गर्न र हाम्रो आत्मबल बढेको सन्देश दिन यो अभ्यास गरेको छौ ।” पोखरेलले भने ।

यसअघिको शिर्षक अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग