६ चैत्र २०७९, सोमबार

Mar 20, 2023


भैरहवा । शसस्त्र बिद्रोह गरि वार्ताको माध्यमबाट शान्ती प्रक्रियामा आएको तराई मधेश जनता पार्टी (टाईगर्स) ले वार्तामा सम्झौता भएका बुंदाहरु कार्यान्वयन नभएको गुनासो गरेको छ ।टाईगर्सले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले सम्झौता कार्यान्वयन नगरे फेरी आन्दोलनमा जाने चेतावनी दिएको छ ।

Advertisement

‘२०७५ सालमा नेपाल सरकारका तत्कालीन वार्ताटोली प्रमुख सोमप्रसाद पाण्डे र बिद्रोही संगठन टाईगर्सका वार्ताटोलीका संयोजक रोशन साह बीच बिभिन्न ११ बुंदे शान्ती स्म्झौता भएको थियो ।’ पार्टीको केन्द्रिय सचिव मेजर पाण्डेले भने “हामीले सरकारसित गरेका सबै प्रतिवद्धता पूरा गरि शान्तीपूर्ण राजनितिमा लागेका छौं, तर सरकारले गरेका कुनै पनि सम्झौता कार्यान्वयन भएन ।”

सरकारले पार्टीका कार्यकर्तालाई लागेको मुद्दा फिताई लिई शान्तीपूर्ण राजनिति गर्न दिने सम्झौता भएको थिया । तर अहिले पनि कतिपय कार्यकर्ताहरु भागी–भागी हिड्नु परेको उनले जानकारी दिए । यस्तै अझै पनि ८–९ जना कार्यकर्ताहरु नेपालका बिभिन्न जेलमा रहेको उनले बताए । “सरकारले यी सबैलाई रिहाई गर्ने वाचा गरेको थियो तर अहिलेसम्म वाचा पूरा गरेन ।”–पाण्डेले भने ।

यस्तै शसस्त्र आन्दोलनको क्रममा मृत्यु भएकालाई शहिद घोषणा र आश्रित परिवारलाई क्षतिपूर्तिको सम्झौता पनि पूरा नभएको उनले बताए । उनले यहि चैत्र मसान्तसम्म पनि सरकारले ११ बुंदे सम्झौता र आफ्नो वाचा पुरा नगरे सरकार बिरुद्ध शान्तीपूर्ण संघर्ष गर्ने चेतावनी दिए । सरकारी असहयोगकै कारण विधिवत पार्टी दर्ता गर्न नसकेको पार्टीको आरोप छ ।

यस अघि सरकारलाई बिभिन्न समयमा ज्ञापनपत्र लगायतबाट ध्यानाकर्षण गराए पनि सरकारले कुनै कदम नचालेको भन्दै उनले आक्रोश ब्यक्त गरे । अबको आन्दोलनमा देशभरिका कार्यकर्ता परिचालित गरि सरकार बिरुद्ध संघर्ष गर्ने केन्द्रिय सचिव मेजर पाण्डेको भनाई छ । शसस्त्र विद्रोहमा लागेको तत्कालीन टाईगर्स पार्टी २०७५ सालमा सरकारसंग ११ बुंदे सम्झौता गर्दै शान्तीपूर्ण धारमा आएको थियो । त्यस अघि नै समूहले आफूसंग भएको हतियार मध्ये २८ वटा वार्ताटोलीलाई र १ सय ४ वटा जिल्ला प्रहरी कार्यालयमा बुझाइ सकेको केन्द्रिय सचिव पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार