ताजा अपडेट »

इद उल फित्र : इस्लाम समुदायद्वारा धुमधामसँग मनाइँदै

बुधबार, २२ जेठ २०७६, ०० : २३
8 Shares


जेठ २२,
ग्लोबल आवाज
बुटवल । आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इद उल फित्र’ । नेपालमा रहेका मुश्लिम समुदायहरुले धुमधामका साथ मनाउँदैछन् । एक महिना अघिदेखि सुरु हुने यस पर्वको अन्तिममा विशेष रुपले मनाइन्छ । पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन ‘इद उल फित्र’ मनाउने गर्छन् । इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन् । सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, ‘इद उल फित्र’ बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए। यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष वालवालिका सवै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदन– प्रदान गर्नुका साथै एकआपसमा गला मिलाएर खुशीयाली मनाउने गर्दछन् । यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।