ताजा अपडेट »

व्यवसायी आन्दोलनमा, वैदेशिक रोजगारी ठप्प

मंगलबार, २१ जेठ २०७६, २० : ३०
2 Shares

जेठ २१,

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायीले वैदेशीक रोजगारीमा जाने कामदारको उडान नगर्दा कयौं युवा रोकिएका छन् । धरौटी रकमको ब्याज पाउनुपर्ने लगायतका माग राखेर व्यवसायीले आन्दोलन गरिरहेका छन । संघले तीन महिनाभित्र आफूहरूको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरूद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दबाब दिंदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । संघले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्तागरेको आरोप लगाएको छ ।यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारमा गएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।