जेठ २१, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफनो पार्टी अवको निर्वाचनबाट बलियो प्रजातान्त्रिक र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।
पार्टीको ५ नम्वर प्रदेश कार्यालय स्थापना तथा जिल्ला सभापति र सचिवहरुको भेलाको आज बुटवलमा उदघाटन गर्दै उनले संवैधानिक राजतन्त्र,राष्टियता, हिन्दू राष्ट्र पुनस्थापना लगायतका एजेण्डालाई जनताले रुचाउन लागेकाले आफनो पार्टी पहिलो बैकल्पिक शक्तिका रुपमा उदाउन लागेको दाबी गरे ।
उनले राजसस्थादेखि बिप्लवसम्म अटाउने गणतन्त्र नेपाललाई आवश्यक भएको र अहिलेको जस्तो ३ तहको संघीयता आवश्यक नरहको बताए। कार्यक्रममा बरिष्ठ नेता दिपक बोहोरा, उपाध्यक्ष प्रेम बहादुर भण्डारी, महामन्त्री धवल शमशेर राणा लगायतले सम्बोधन गरेका थिए।
प्रतिक्रिया