५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022


जेठ २१,काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा अनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको बताएका हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटले वित्तीय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्ष साँढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ। नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताए। मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाइ छ।

नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे। बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उनको बुझाइ छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु