ताजा अपडेट »

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

सोमबार, ०२ चैत्र २०७७, १६ : १०
2 Shares

जुरिच। स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ । रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४।०५ डलर मूल्य तोकिएको छ ।

रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।

रासस
लेखकको बारेमा
रासस