२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

जेठ २१, काठमाण्डौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकर विवादबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। एनसेलको कर विवादबारे आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुनलागेको हो।

Advertisement

न्यायाधीशहरु तेजबहादुर केसी, डम्बर शाही, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्मा सम्मिलित बृहत् पूर्ण इजलासमा एनसेलको करबारे छलफल हुनेछ। वि.सं. २०७२ मा एनसेलको मातृकम्पनी स्विडेनको टेलियासोनेराले मलेसियाको अजियटा ग्रुपलाई एनसेल बिक्री गरेपछि नेपालको कानुनअनुसार लाग्ने लाभकर सरकारलाई नतिरेपछि यो विवाद अहिलेसम्म टुंगो लाग्न सकेको छैन। अजियटा ग्रुपलाई १ अर्ब ३० करोड डलरमा बिक्री गरेको थियो।

यस प्रकरणमा सरकारले ६९ अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर एनसेलले बुझाउनुपर्ने बताए पनि एनसेलले आलटाल गर्दै आएको छ। यद्यपि उसले बिक्रीबापतको लाभकर भन्दै यसअघि नै २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ तिरिसकेको छ। बाँकी ३९ अर्ब कर तिर्नुपर्ने भए पनि उक्त कर बाँकी नभएको दाबी गर्दै एनसेलले सर्वोच्चमा मुद्दा हाल्नेदेखि विदेशी निकायमा उजुरी हाल्नेसम्मको काम गर्दै आएको छ।

गत वैशाख ३ मा ठूला करदाताको कार्यालयले एनसेलले अझै ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरे पनि वैशाख ९ मा एनसेलले उक्त कर धेरै निर्धारण भएको आरोप लगाउँदै कार्यालयविरुद्ध सर्वोच्चमा रिट हालेको थियो।

त्यसको सुनुवाइ गर्दै वैशाख २४ मा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले एनसेललाई तत्काल करचुक्ता नगर्नु पर्ने गरी अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशमा आज पूर्ण इजलासमा सुनुवाइ हुने भनिएबमोजिम आज पुनः सुनुवाइ हुनलागेको हो।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत