ताजा अपडेट »

मेरुदण्डमा रेमिट्यान्स सेवा

मंगलबार, २१ जेठ २०७६, १२ : ३२
2 Shares


जेठ, २१ बुटवल । रुपन्देहीको सैनामैना ३ मुर्गिया स्थित मेरुदण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार देखी रेमिट्यान्स सेवा सुरु गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले रिबन काटेर विधिवत रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेका हुन् ।


सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले सैनामैनामा विभिन्न वित्तिय संस्थाहरु खुलिरहेको अवस्थामा सहकारीले पनि रेमिट्यान्स सेवा सुरुवात गरेर उल्लेखनीय कार्य गरेको बताए । सहकारीले बचत संकलन र ऋण तथा कर्जा प्रवाह गरिरहेको अवस्थामा रेमिट्यान्स सेवा समेत सुचारु गरेको प्रति प्रशंसा गर्दै यसले नगरको आर्थिक विकाशमा समेत टेवा पुग्नेमा उनको बिश्वास थियो । संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीले रेमिट्यान्स सेवाले बैदेशिक रोजगारमा रहेका र नेपालका हरेक ठाउँमा रहेका आम नागरिकले सहज तरिकाले पैसा पठाउँन र पाउँन सक्ने बताए । सहकारीले आइएमइ रेमिट, हिमाल रेमिट, सिटी एक्सप्रेस लगायतका रेमिटहरु सञ्चालनमा ल्याएको छ ।


यसैबिच सहकारीले २०७५ साल मंसिर ४ गते सडक दुर्घटनामा ज्यान गुमाएका डिलाराम सुबेदीको श्रीमती शेयर सदस्य तुल्सा देवी सुवेदीलाई नगद रु १ लाख आर्थिक सहयोग गरेको छ । यस्तै २०७६ साल बैशाख २९ गते सडक दुर्घटनामा ज्यान गुमाएका संस्थाका शेयर सदस्य रामलाल भुसालकी श्रीमती हुमकला भुसाललाई नगद रु ५ हजार हस्तान्त्रण गरिएको सहकारीले जनाएको छ । सहकारीले विभिन्न समयमा सामाजिक क्षेत्रमा सक्रिय कार्यगर्दै आएको छ ।


कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीको अध्यक्षता तथा सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । संस्था उपाध्यक्ष रामप्रसाद पौडेलको स्वागत तथा सचिव चाम बहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।