ताजा अपडेट »

दुर्घटनामा १ को मृत्यु २ घाइते

मंगलबार, २१ जेठ २०७६, ११ : ११
2 Shares

जेठ २१, गुल्मी । गएराति गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार मदाने गाउँपालिका वडा नम्बर ६ निवासी २१ वर्षिय मधु नेपालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।


दुर्घटनामा परेर मदाने गाउँपालिका ६ निवासी १६ वर्षका अभि कुँवर, धुर्कोट गाउँपालिका २ निवासी १८ वर्षिय निरज महत घाइते भएको प्रहरी निरिक्षक खड्काले बताए । छल्दीबाट चेक्मीतर्फ पानी लिएर जाँदै गरेको लु २ त ३३९३ नम्बरको ट्क्यार रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को लसुनडाँडामा दुर्घटनामा परेको हो ।


ट्याक्टर दुर्घटनामा परेपछि फरार चालक मदाने गाउँपालिका ६ का २४ वर्षिय बसन्त सुनार सम्र्पकमा आएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते २ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर सडकमै पल्टीएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।