ताजा अपडेट »

पर्रोहा बहुमुखी क्याम्पसको अध्यक्षमा खुशीराम चौधरी निर्वाचित

शनिबार, २९ फागुन २०७७, १६ : ५७
6 Shares

बुटवल । रुपन्देहीको सैनामैना-४ मुर्गियामा अवस्थित पर्रोहा बहुमुखी क्याम्पसको व्यवस्थापन अध्यक्षमा खुसिराम चौधरी निर्वाचित भएका छन् । नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा चौधरीले आफ्ना प्रतिद्धन्दि उमेद्वारलाई ७५ मतले पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

चौधरीले १९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दि उमेद्वार प्रेमकुमार शर्मा सागरले १२३ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यपदहरुमा भएको निर्वाचनमा पनि चौधरीको प्यानल विजयी भएको छ । क्याम्पसको व्यवस्थापन समितिमा नेतृत्व चयनका लागि सहमति नजुटेपछि नेकपा एमाले समर्थक प्रगतिशिल समुह र नेपाली कांग्रेस तथा नेकपा (माओवादी एकीकृत) को लोकतान्त्रिक संयुक्त समुह निर्वाचनमा उत्रिएका थिए ।

चौधरीको नेतृत्वमा प्रगतीशिल प्यानलको तर्फबाट सदस्यहरु रिनादेवी केसी, पुष्पा पौडेल, नरहरि अर्याल, कमलराज घिमिरे र मञ्जु ज्ञवाली निर्वाचित भएका हुन् । निर्वाचित सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहरण गराउनुका साथै निर्वाचन मण्डललाई आभार व्यक्त गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।