ताजा अपडेट »

संसारकै ठूलो ज्यान भएका रोली विङ्लार नेपाल आउँदै

शनिबार, ०५ माघ २०७५, १८ : ०६
4 Shares

काठमाडौं । ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् ।

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो ।

बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्यकता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप क्वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन”, गुरुङले भन्नुभयो ।

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइस नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लाग्नुभएको हो ।

आगामी फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’मा अतिथिको रुपमा विङलार काठमाडौँ आउन लागेका हुन् । विङ्कलार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाख भन्दा बढी ‘फलोअर’ छन् ।

विङ्लारको पाखुरा मात्र २४ इञ्चको छ । नेदरल्यान्डमा जन्मिए पनि आफ्नो व्यावसायिक खेल जीवनका कारण उनी अमेरिकामा बसोबास गर्छन् । यसैबीच उनले एक भिडियो सन्देश जारी गर्दै आफू नेपाल आउन लागेको बताएका छन् । भिडियो सन्देशमा नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा भाग लिने सबै खेलाडीसँग छिट्टै भेट हुने पनि बताएका छन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।