ताजा अपडेट »

बुटवलको पान पसलमा नायिका वर्षा राउत

विहीबार, २७ फागुन २०७७, ०८ : २८
22 Shares

बुटवल । बुटवलमा पहिलो पटक सञ्चालनमा आएको बनारसी पान पसलको नायिका वर्षा राउतले उद्घाटन गरेकी छन् । अभिनेत्री वर्षासहित होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले संयुक्तरुपमा रिबन काटेर पसलको शुभारम्भ गरे ।

पछिल्लो समयमा पान प्रतिको अभिरुची राख्ने उपभोक्ता बढेसँगै बुटवलमा बनारसी पान पसल संचालनमा ल्याइएको संचालकहरुले जनाएका छन् । ४८ प्रकारका बिभिन्न पानहरु उपलध भएको बनारसी पान पसलमा सुर्तीजन्य पान भने उपलब्ध नहुने पसलका संचालक प्रविण ज्ञवालीले बताए । भारतमा चर्चामा रहेको बनारसी पान पसलको सहकार्यमा नेपालमै पहिलो पान पसलकारुपमा बनारसी पान पसल संचालनमा आएको हो ।

२५ लाख लगानीमा सञ्चालन गरिएको पसलमा न्यूनतम ३० रुपैयाँ देखि १३५ रुपैयाँ सम्मको पानहरु उपलब्ध रहेका छन् । फ्रन्चाइस कम्पनीका रुपमा रहेको पसलमा हाल विदेशी भिस्त्रीहरु कार्यरत रहेपनि नेपालीहरुलाई समेत सीप सिकाएर स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेको ज्ञवालीले बनाए । पसलमा हाल ५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यसैगरी हाल पान पसलका लागि आवश्यक सबै कच्चा पदार्थ भारतबाट ल्याउनु पर्ने बाध्यतालाई हटाउन रुपन्देहीमै पान खेती गर्ने योजना रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।