June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

राजपाको नेतृत्व फेरियो, राजेन्द्र महतो बिदा

180





माघ ५,
काठमाण्डौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक फेरिएका छन् ।आज बसेको अध्यक्षमण्डलको बैठकले महेन्द्रराय यादवलाई संयोजकको जिम्मेवारी सुम्पेको छ ।

पार्टीको विधान अनुसार दुई दुई महिनाको चक्रिय प्रणाली अनुसार संयोजक फेरिने व्यवस्थाअनुसार भोलिदेखि यादव नयाँ संयोजक बन्नेछन् । हाल संयोजक रहेका राजेन्द्र महतो पदबाट बिदा भएका छन् ।

पार्टी स्थापना भएदेखि २० महिनासम्म आपसी सहमतिमा महन्थ ठाकुर संयोजक थिए । तर, पार्टीको हित विपरित काम गरेको भन्दै मंसिर ४ गते बैठक बसि ठाकुरलाई संयोजकबाट हटाएर महतो बनेका थिए ।महेन्द्र राय यादवको कार्यकाल चैत ४ गते सकिनेछ । त्यसपछि शरतसिंह भण्डारी संयोजक बन्ने छन् ।

पछिल्लो अपडेट