ताजा अपडेट »

रोहिणी गाउँपालिकाद्वारा आफ्नै एम्बुलेन्स सञ्चालन

बुधबार, २६ फागुन २०७७, १३ : १९
4 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यले गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको हो।

गम्भीर र सामान्य प्रकृतिका विरामीहरुलाई उपचारका लागि बाहिर लैजाँदा महंगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकामै एम्बुलेन्स आए पछि यसले रोहिणीका स्थानिय मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका तथा नवलपरासीको छिमकी क्षेत्रहरु पनि लाभान्वित हुने भएका छन । गाउँपालिकामा सञ्चालनमा आएका एम्बुलेन्स मध्ये एक एम्बुलेन्स धकधई स्वास्थ्य चौकीमा रहने छ भने अर्को वोदवार प्राथमिक स्वास्थ्य चौकी पिपरहवामा राखिने छ ।
गाउँपालिकाका स्थानियले र्याली सहित फुलमाला अविर लिएर एम्बुलेन्सको स्वागत गरेका छन् । उनिहरुले आफुहरुले चर्को रकम तिरेर अस्पताल जानुपर्ने समस्या टरेको भन्दै उत्साहित भएका छन् ।

गरिब जनताले पनि स्वास्थ्य सेवा पाउने भएपनि खुसी लागेको स्थानीयहरुको भनाई छ । सिंह दरबारको अधिकार गाउँमा भन्ने नाराले बल्ल सार्थकता पाएको उनिहरुले प्रतिक्रिया दिए । एम्बुलेन्समा सस्तोमा बिरामी बोकिने भन्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरिब जनतालाई यसले सबैभन्दा धेरै लाभ मिल्ने विश्वास व्यक्त गरे । यादवले विकासको अध्याय शुरु भएको बताए । गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा संचालन शुरु भएको बताउदै वलीले अब एम्बुलेन्सको साथै स्वास्थ्य सेवामा कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।

उनले गाउँपालिका भित्र रहेका ३ वटा सुत्केरी केन्द्रमा सुत्केरी हुन आउने गर्भवती महिलालाई अस्पताल ल्याउने र त्यहाँबाट फेरी घर निशुल्क रुपमा लैजाने ब्यवस्था रहेको जानकारी दिए । अन्य स्थानमा लैजान परे अन्य एम्बुलेन्स भन्दा कम शुल्कमै अस्पताल पुर्याउने ब्यवस्था भएको उनले बताए । कोभिड महामारीको समयमा गाउँपालिकामा स्थापना भएको क्वारेन्टाईनबाट संक्रमितलाई अस्पताल लैजान र ल्याउन धेरै समस्या भएको बताउदै यादवले भविष्यमा यो समस्याबाट मुक्ति पाउन पाउन एम्बुलेन्सले सहयोग गर्ने अपेक्षा ब्यm गरे ।

रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटबाट एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । नेपाल सरकारद्वारा भन्सार महशुल तथा मूल्य अभिवृद्धि कर छुट सुविधा प्राप्त गरेको बोलेर कम्पनीको दुबै एम्बुलेन्सको मूल्य २० लाख ४३ हजार ५ सय ७४ रुपैया परेको न्यौपानेले जानकारी दिए

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा