ताजा अपडेट »

‘डिभी महिला शक्ति सम्मान’ पत्रकार पौडेलसहित ४ चार जनालाई

मंगलबार, २५ फागुन २०७७, ०८ : १४
6 Shares

बुटवल । शैक्षिक क्षेत्रमा काम गर्दै आएको डिभी एजुकेशन नेटवर्कले रुपन्देहीकी पत्रकार सञ्जु पौडेलसहित ४ महिलालाई सम्मान गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड–१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई प्रदान गर्ने भएको हो ।

सम्मानित हुनेहरुमा सिनीयर कन्सल्ट्याण्ट डा.रक्षा पाण्डेय, कान्तिपुरकी पत्रकार सञ्जु पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेल छन् ।

संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले महिला अधिकार र शसक्तिकरणलाई साझा मुद्धाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुराएर र समाज परिवर्तनमा भूमिका खेल्दै गरेका महिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको कार्यक्रमलाई निरन्तरता दिइएको बताए । डिभी एजुकेशनले गत वर्ष देखि यो सम्मानको कार्यक्रम ल्याएको हो । गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुराएका पाँचजना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो ।

संस्थाले कोभिड-१९ को महामारीको कारण गत वर्ष पनि सम्मान कार्यक्रम स्थगित गरिएकोले गत वर्ष र यस वर्षको सम्मान एकै साथ विशेष कार्यक्रमको आयोजना गरेर सम्मानगर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।