ताजा अपडेट »

शान्ति र लोकतन्त्रका पक्षमा समाज : सभापति खनाल

सोमबार, २४ फागुन २०७७, २० : ५२
6 Shares

बुटवल । मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार र मुलुकमा शान्ति कायम गर्न समाज सधैं सक्रिय रहने बताए । हालै पोखरामा सम्पन्न अधिवेशनबाट नेतृत्वका लागि निर्वाचित भएका खनालले शान्ति समाज जहिलेपनि शान्ति र लोकतन्त्रको पक्षमा रहेको बताउँदै आगामी दिनमा अझै सशक्त रुपमा अगाडि बढ्ने पनि बताए ।

उनले भने ‘ देशमा सामाजिक विभेद,महिला हिंसा,बलात्कार लगाएतका घटना घट्ने र त्यस्ता घटना पहुँचको आधारमा मिलाउने वा पीडितले न्याए नपाउने गरेका छन् । समाजले त्यस्ता घटना र असमान मेलमिलाप तथा पीडितका पक्षमा सशक्त आवाज उठाउँदै आएको छ र उठाउने छ । सत्तापक्ष र पहुँचवालाका अनियमितता एवम् लोकतन्त्रका विषयमा हामी शान्तिपूर्ण विरोध र आन्दोलन गर्दै आएका छौं । यसो गर्दा हामीलाई थुप्रै चूनौती आएका छन् । तर , हामी निरन्तर लाग्ने छौं।’ वर्तमान सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सभापति खनालले सरकार र नेकपा विप्लब समूह बीच भएको सहमतिमा हतियार व्यवस्थापनको कुरा प्रष्ट हुनुपर्ने बताए । उनले भने—‘सहमति सकारात्मक हो,तर हतियारको बारेमा किन बोलिएन,त्यसैले नागरिक सशंकित छन्,सहमतिलाई दुबैपक्षले रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने छ ।’

खनालले हिंसाको भविष्य नभएको भन्दै शान्ति नै अनितम उपाय रहेको जिकिर गरे । पोखरामा फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले विभिन्न ८ वटा बुँदाहरु पारित गरेको उनले बताए । समाजले लागुऔषध विरुद्धको अभियान र शिक्षाको पहुँचका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिवद्धता गरे । मानवअधिकार तथा शान्ति समाजका रुपन्देही सभापति डि.पी.खनालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सचिव मिना ढकालले स्वागत तथा रुपन्देही शाखा सचिव कपिल ज्ञवालीले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।