ताजा अपडेट »

‘भ्रष्टाचार न्यूनिकरणका लागि महिला सक्रियता आवश्यक’

सोमबार, २४ फागुन २०७७, २० : १५
4 Shares

बुटवल । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्यूनिकरण गर्ने कार्यमा महिलाहरुको सक्रियता आवश्यक रहेको बताएकी छन् । हरेक क्षेत्रमा भष्ट्राचार हाबी रहेको भन्दै उनले ५२ प्रतिसतको संख्यामा रहेका महिलाहरुको सक्रियताबिना भ्रष्टाचार न्यूनिकरण गर्न नसकिने जिकिर गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा सोमबार योगिकुटीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसा लेनदेन गर्नुमात्र नभएर भ्रष्ट आचरण पनि भष्ट्राचार भएको विचार व्यक्त गरिन् ।

एक दशकदेखि नेपालमा भष्ट्राचारको तालिका स्थिर रहेको भन्दै उनले यो वर्ष नेपाल ३३ अंकमा रहेको जानकारी दिइन् ।भुकम्पपछिको पुननिर्माणमा विदेशी दातृराष्ट्रबाट आएको सहयोगमा समेत भष्ट्राचार भएको गुनासो आएको भन्दै अध्यक्ष प्रधानाङगले श्रीमानले कमाएर ल्याएको रकम बैध हो की अबैध हो भन्ने बिषयमा महिलाहरु सचेत हुनुपर्नेमा जोड दिइन् ।

फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा टिआई नेपालका महेन्द्र नारायण श्रेष्ठ, पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डे,एम्स कलेज बुटवलका क्याम्पस प्रमुख दिपक ढकाल,पारदर्शीका उपाध्यक्ष लालहरि पाण्डे, फोनिज,रुपन्देहीका उपाध्यक्ष दिपु मगर लगायतले भष्ट्राचार न्यूनिकरण कुनै एक संस्थाले मात्रै अभियान चलाएर मात्रै नपुग्ने भन्दै नागरिकहरु जागरुक हुनुपर्नेमा जोड दिए । यसैबीच महिला दिवसको अवसर पारेर पारदर्शी सरोकार समूह बुटवलले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष प्रधानाङ्गलाई सम्मान गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।