ताजा अपडेट »

नारी दिवसको अवसरमा ज्ञानपुञ्जमा ३० जनालाई सम्मान

सोमबार, २४ फागुन २०७७, १८ : ००
4 Shares

बुटवल । १११ औं नारी दिवसको अवसरमा बुटवल स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूलले सम्मान गरेको छ । विद्यालयले दिवसको अवसरमा सोमबार विद्यालयमा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरेको हो ।

विद्यालयका प्राचार्य तोयराम पौडेलको अध्यक्षतामा आयोजित एक समारोहमा ३० जना महिला शिक्षक तथा कर्मचारीलाई टिका लगाएर, खादा ओढाएर सम्मान गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख हरि भट्टराइले बताए । उनीहरुलाई विद्यालयकी संरक्षक बिमला पौडेलले खादा ओढाएर सम्मान गरेकी हुन् ।

सो अवसरमा बोल्दै प्राचार्य पौडेलले विद्यालय बालबालिकाको दोस्रो घर भएको र सोही अनुसार महिला शिक्षकहरुले बालबालिकाको शिक्षामा योग्दान पुर्याएको बताउँदै सम्मान गरिएको बताए । सम्मान समारोह विद्यालयका सहायक प्राचार्य हिमलाल न्यौपानेले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।