१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । १ सय ११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी भैरहवामा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छन् । दिवसकै अवसरमा श्रमजिवी महिलाहरुलाई सम्मान पनि गरिएको छ ।

Advertisement

मायादेवी च्यारिटेबल फाउण्डेशनले सोमबार भैरहवामा दिवसको मौका पारी समाजमा बिशिष्ट योगदान गर्ने महिलाहरुलाई सम्मान गरेको छ । फाउण्डेशनले पत्रकारीताको माध्यमबाट समाजमा महत्वपूर्ण भूमिका निभाएको भन्दै पत्रकार शारदा मल्ललाई सम्मान गरेको छ । यस्तै स्वस्थ्य क्षेत्रबाट भिम अस्पतालकी मेडिकल सुपरिडेण्टेन डाक्टर शकुन्तला गुप्ता र समाजसेवी महिलाको रुपमा शान्ता कंडेललाई पनि सम्मान गरेको फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए । कार्यक्रममै कोभिड बिशेष अस्पताल सञ्चालन गर्ने युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका डाक्टर लुना अर्याल र हालै सम्पन्न सिद्धार्थ उद्योग बाणिज्य संघको निर्वाचनमा खुल्ला तर्फ उम्मेदवारी दिएकी एक मात्र महिला सदस्य रचना क्षेत्रीलाई सम्मान गरेको छ ।

फाउण्डेशनले भैरहवामा एक कार्यक्रमको आयोजना गरि सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ बस्ने गुडिया बनिया र वडा नम्बर ७ बस्ने सजरुन निसालाई व्हील चेयर समेत प्रदान गरेको छ । त्यस्तै ३ जना अति विपन्न महिलालाई नगद रकम सहित एक महिनाको लागी खान पुग्ने राहत सामाग्री प्रदान गरिएको रौनियारले बताए । उनले दिवसकै अवसरमा महात्मा बुद्ध माध्यमिक बिद्यालयमा अध्ययनरत् ९ र १० कक्षाका बालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको जानकारी दिए । यस्तै कोभिडको कारण बन्द गरिएको अन्नपूर्ण भोजन पनि नारी दिवसकै अवसर पारेर सुरु गरिएको रौनियारले जानकारी दिए ।

१ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारी सिद्धार्थनगर नगर पालिकाले पनि २ जना श्रमजिवी महिलाहरुलाई सम्मान गरिएको छ । नगरपालिका भित्र रहेर जोखिम पुर्ण श्रमसंग आवद्ध श्रमिक महिलाको श्रमको मूल्यांकन गर्दै नगद ५ हजार सहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा डकर्मिको काम गर्दै आएकी नसिमा खातुन अन्सारी र यातायात क्षेत्रमा संलग्न रहेकी परिचालक तुलसा कुमारी रावललाई सम्मानित गरिएको थियो । दिवसकै अवसरमा नगरपालिकाको कार्यालयले सामाजिक बिकास मन्त्रालयको सहकार्यमा प्रभातफेरी पनि सम्पन्न गरेको थियो । बिभिन्न संघसंस्था, सुरकारी कार्यालय, महिला स्वास्थ्य स्वयम सेविका संलग्न र्याली बुद्धचोकबाट सुरु भई मिलन चोक, बैंकरोड हुँदै देवकोटा चोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले राज्यको निति निर्माणको तहमा महिलाहरुको समान सहभागीताको परिकल्पना गरिएको बताए । महिला अधिकारको पक्षमा निर्माण भएका कानूनहरुलाई कार्यान्यनमा जोड दिनु पर्ने बताए । यसको साथै हाम्रो सामाजिक चेतनालाई पनि वृद्धि गर्दै महिलाहरुको सम्मान परिवारबाटै सुरु गर्नु पर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद आदित्य नारायण कसौधन, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेल लगायतले बोलेका थिए ।

यस्तै दिवसकै अवसर पारी रोहिणी गाउँपालिकामा पनि महिला अधिकार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आथित्यता र प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । रेनु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा दिवसको अवसर र यसका महत्वबारे जमुना शर्माले बताएकी थिईन।

प्रत्येक बर्ष अंग्रेजी मार्च महिनाको ८ तारीखमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको छ । कतै नारी दिवस, कतै महिला दिवस र कतै श्रमिक महिला दिवस भनिए पनि मुलभुत रुपमा महिलाहरुलाई समान अधिकारको माग सहित यो दिवस मनाउने गरिएको छ । दिवसको यस बर्षको नारा “महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” रहेका थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ