ताजा अपडेट »

नारी दिवसमा श्रीमान् बोकेर दौडिए श्रीमती

सोमबार, २४ फागुन २०७७, १७ : ०२
2 Shares

तनहुँ । अन्तराष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ। सरकारले आज सार्वजनिक विदा दिएको छ भने देशका विभिन्न ठाँउमा यो दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन्। तनहुँको देवघाट गाउँपालिकाले भने जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।

महिला पनि पुरुष सरह सक्षम हुन्छन् भनेर देखाउनका लागि गाउँपालिकाले नै श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता गरेको जनाएको छ । सो दौड प्रतियोगितामा स्थानीय विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भयो। यस्तै दोस्रो गंगा र नविन गुरुङको जोडी द्धितिय, सीता लामिछाने थापा क्षेत्री र बमहादुर थापाको जोडी तृतीय र उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वना स्थान हासिल गर्यो। सोमबार देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङगणमा गरिएको प्रतियोगितामा १४ जोडी सहभागि भए।

https://www.globalaawaj.com/archives/86963
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।