ताजा अपडेट »

नारी दिवसमा एक हजार ५२० छात्रालाई साइकल उपहार

सोमबार, २४ फागुन २०७७, १६ : ४६
24 Shares

काठमाडौं । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्रालाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका एक हजार ५२० छात्रालाई साइकल प्रदान गरिएको दाबी गरिएको छ।साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव हुने बताए ।

उनले धनुषाबाट सुरु गरिएको साइकल बितरण कार्यक्रम प्रदेश भरिका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्रालाई समेट्ने जानकारी दिए । “साइकलले महिला सशक्त हुँदैन, तर समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ ।” -भन्नुहुँदै मुख्यमन्त्री राउतले साइकल वितरणलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताए ।महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा उनको थियो ।
उक्त कार्यक्रममा एसिड पिीडित धनुषाका आरती साहलाई सम्मान समेत गरिएको छ ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो ।यसअघि २०७५-०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो ।प्रदेश २ प्रदेशसभाका उपसभामुख उपमा देवको अध्यक्षतामा साइकल बितरण गरिएको हो ।(गोरखापत्र अनलाइन)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।