ताजा अपडेट »

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

आइतबार, २३ फागुन २०७७, ११ : १९
2 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।आइतबार बिहान त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले कोरोना खोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ ।दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने तयारी छ ।

https://www.globalaawaj.com/archives/88124
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।