६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाकोको अध्यक्षमा मतदानको आगामी कार्यकालका लागि भएको मतदानको परिणाम आज सार्वजनिक गरिएको छ । आगामी नेतृत्वमा सदस्य पदका लागि शनिबार मतदान भएको थियो । निर्वाचनमा संघको महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकामा ६५१ मत प्राप्त गरी पल्लवी न्यौपाने विजयी भएकी छन् । यसैगरी उद्योगतर्फको सदस्यहरुमा मंगल भण्डारी, रचना क्षेत्री, हरिबहादुर थापा, भुवनकुमार कान्दु र रमेश घिमिरे विजयी भएका छन् । उद्योगतर्फको ५ सदस्य पदका लागि ११ उमेद्वारी परेको थियो ।

Advertisement

यस्तै वाणिज्य संदस्यतर्फ १० पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो । शनिबार भएको निर्वाचनबाट अभिनव मयुर कसौधन, संजयकुमार वेरिवाल, अर्जुन कार्की, प्रितम रौनियार, कमलप्रसाद मरासिनी, गोपाल भण्डारी, हरिश सेठिया, धर्मविर शर्मा, प्रमोद रिजाल र गौरव श्रेष्ठ विजयी भएका छन् । सदस्य पदको टुङ्गो लगाउन संघमा १ हजार ५ सय ६५ जनाले मतदान गरेका थिए । १६ वटा सदस्य पदको लागि ३४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार संघको आगामी कार्यकालको लागि अध्यक्षमा भीष्म प्रसाद न्यौपाने ‘सर्वज्ञ’ निर्विरोध निर्वाचित भएका छन । उनि संगै संघको सम्पूर्ण पदाधिकारी पदहरु सर्वसम्मतमै निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयन्का, उद्योग तर्फ उपाध्यक्षमा दिलिप कुमार कान्दु र बाणिज्य तर्फको उपाध्यक्षको लागि नेत्रप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

यस्तै महासचिव विजय पाण्डे कोषाध्यक्ष गोविन्द प्रसाद उपाध्याय ज्ञवाली र सचिवमा दिपेन्द्र प्रधान सर्वसम्मतिमै निर्वाचित भएको गौडेलले जानकारी दिए । यसको साथै बाणिज्यतर्फ महिला उम्मेदवार यमकला न्यौपाने, कर्पोरेट सदस्यमा रोहित कुमार अग्रवाल र विकास कुमार गोयन्का तथा बस्तुगत सदस्यमा कृष्ण प्रसाद शर्मा पनि निर्विरोध चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार