ताजा अपडेट »

मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकलयात्रा

आइतबार, २३ फागुन २०७७, १० : १८
6 Shares

वाग्मती । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ ।

शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले साइकलयात्रीलाई उत्साह भर्न केही मिनेट साइकल पनि डोर्याएका थिए । वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीबाट गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो ।

चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित १२२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ । मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १३१ किलोमिटर छ । साइकलयात्राका लागि रु ११ ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस