ताजा अपडेट »

चिदिका-रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पन्थी

आइतबार, २३ फागुन २०७७, ०८ : २८
34 Shares

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा केशवराज पन्थी चयन भएका छन् । समाजको सातौंं साधारण सभा तथा चौथो अधिवेशनले पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा गीता ज्ञवाली, सचिवमा जिवनाथ अर्याल, कोषाध्यक्षमा कमल अर्याल र सहसचिवमा हेमनाथ ज्ञवाली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा टेकबहादुर टण्डन, गणेश पौडेल, यमलाल पौडेल, रामप्रसाद पन्थी, बाबुराम अर्याल, नजरदिन मिया, टामलाल ज्ञवाली र बलराम पन्थी रहेका छन् । अध्यक्षमा चयन भएपछि पन्थीले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि अधिवेशनको उदघाटन संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले आफू पनि छत्रदेव र चिदिकाबासी भएकाले त्यस क्षेत्रको विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले समाजले अगाडि सारेका कामलाई सबै सदस्यहरुले समूहिक रुपमा सहयोग गर्नुपर्नेमा जोड दिंदै समाजको संस्थागत विकासका लागि पहल गर्न पनि आग्रह गरे । समाजका अध्यक्ष इश्वरी ज्ञवालीले कोभिड-१९ को विषम परिस्थितिका कारण आफ्नो कार्यकालमा सोंचेअनुरुप कार्यक्रम अगाडि बढाउन नसकिएको भन्दै समाजका योजना र कार्यक्रमलाई निरन्तरता दिन आगामी नेतृत्वलाई सुझाव दिए ।

त्यस अवसरमा समाजका निवर्तमान अध्यक्ष पुरुषोत्तम अर्याल, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रकाश राज पन्थी, समाजका सल्लाहकार अर्जुन ज्ञवाली, उपाध्यक्ष गिता ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञवालीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जिवनाथ अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका गतिविधिलाई सञ्चारको क्षेत्रबाट आम जनमानसमा पुर्याउन सहयोग पुर्याएको भन्दै चिदिकाबासी पत्रकार लक्ष्मण पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।