ताजा अपडेट »

सिसिटिभिको निगरानीमा पनि चोरीका घटना बढे

शनिबार, २२ फागुन २०७७, २० : १२
2 Shares


गुल्मी । गुल्मी सदरमुकाम तम्घास सहित जिल्लामा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् । चोरीका घटनाहरु बढिरहेका बेला जिल्ला सदरमुकाम बजारमा जडान गरिएका सि.सि.टीभी. क्यामराको निगरानीको काम भने नाम मात्रैको भएको छ । जसले गर्दा सदरमुकामबाटै सवारी साधानहरु चेरी हुने क्रम बढ्ने गरेका छन् । जिल्लामा दिन–प्रतिदिन चोरीका घटना बढिरहेको समयमा तम्घासमा जडान गरिएका सिसिटिभी क्यामराको काम भने प्रभावकारी नभएको पाइएको छ । एक महिनाको अवधीमा सदरमुकाम तम्घास बजारबाट दुइवटा सवारी साधानहरु चोरी भए ।

तर,तम्घासमा जडान गरिएका सिसिटिभीको काम भने नाम मात्रैको भएको छ । तम्घासको बागमारेबाट घरबाहिर राखेको लु ४२ प ७२७ नम्बरको १५० सिसिको पल्सर मोटर साइकल र पुतली बजारमा लु १ च ६१६४ नम्बरको पार्किङ्ग गरेर राखेको बलेर जीप चोरी भए । चोरी भएको मोटरसाइकल धुर्कोट गाउँपालिकाको बरबोट र बलेरो जीप सत्यवतीको खैरेनीमा भेटियो । तर, सवारी साधन भेटिएपनि कसले कीन लग्यो भन्ने बारेमा खुलेको छैन।

जिल्लामा पछिल्ला केहि दिन यता रुरुक्षेत्र गाउँँपालिका, मालिका गाउँपालिकामा वडा कार्यालय र स्थानीय व्यक्तिहरुकोमा चोरीका घटनाहरु घटिरहेका छन् । दिनप्रति दिन जिल्लामा चोरीका घटना बढिरहेकोले गाउँघर देखी सदरमुकामका मान्छेहरु त्रसित छन् । तम्घास बजारमा चोरीका घटनाहरु बढिरहेसँगै सुरक्षा निकायको बैठक बसि स्थानीय सरकारसंग सहकार्य गरी सि.सि.टिभी क्यामराको व्यवस्था गर्नुपर्ने विषयमा स्थानीय सरकारसंग सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।

चोरीका घटना दिनप्रति दिन बढिकोले घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । चोरी कसले गर्याे भनेर अझै नखुलेको उनको भनाई छ । चोरी भयो भन्ने स्थानमा सादा पोसाकका प्रहरीहरु खटाइएको पाण्डेले बताए ।

अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । दुइवर्ष पहिले बजारका अति शंवेदनशिल स्थानका ८ वटा ठाउँमा जडान गरिएको थियो । कतिपय स्थानमा बैंक तथा बित्तिय संस्थाहरु र व्यक्तिले पनि सिसिभिटी क्यामरा जडान गरेका पनि छन् । तर, बजारबाटै चोरीका घटनाहरु बढनुले सुरक्षा माथि प्रश्न उब्जाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।