ताजा अपडेट »

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रुपन्देहीका खनाल

शनिबार, २२ फागुन २०७७, १९ : ४४
6 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज, नेपालको केन्द्रीय सभापतिमा रुपन्देहीका गोविन्द खनाल चयन भएका छन् । समाजको पोखरामा सम्पन्न २३औं राष्ट्रिय परिषद् बैठकले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ वर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडाशैनी चयन भएका छन् । समाजको लुम्बिनी प्रदेश सचिवमा मिना ढकाल चएन भएकी छन् भने रुपन्देहीकै विष्णु भुसाल केन्द्रीय सदस्यमा चयन भएक छन् ।

त्यस्तैगरी खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् भने ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भएका छन् ।

नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अवस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । खनाल अघिल्लो कार्यकालमा समाजको बरिष्ठ उपाध्यक्ष थिए ।

https://www.globalaawaj.com/archives/87852
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।