१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । यस क्षेत्रकै जेठो संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाको आगामी कार्यकालको लागी मतदान सकिएको छ । प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार १ हजार ५ सय ६५ जना (८२ दशमलव १९ प्रतिशत) ले मतदान गरेका छन् ।

Advertisement

संघले आगामी कार्यकालको लागी अध्यक्षमा भीष्म प्रसाद न्यौपाने “सर्वज्ञ” निर्विरोध निर्वाचित भएका छन । उम्मेदवारी दर्तामा अन्य कसैले पनि उम्मेदवारी नदिए पछि सर्वज्ञ अध्यक्ष भएका हुन् । उनि संगै संघको सम्पूर्ण पदाधिकारी पदहरु सर्वसम्मतमै निर्वाचित भएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयन्का, उद्योग तर्फ उपाध्यक्षमा दिलिप कुमार कान्दु र बाणिज्य तर्फको उपाध्यक्षको लागी नेत्र प्रसाद पाण्डेको निर्वाचित भएका छन् । यस्तै महासचिव विजय पाण्डे कोषाध्यक्ष गोविन्द प्रसाद उपाध्याय ज्ञवाली र सचिवमा दिपेन्द्र प्रधान पनि सर्वसम्मतिमै निर्वाचित भएको गौडेलले जानकारी दिए । यसको साथै बाणिज्य तर्फ महिला उम्मेदवार यमकला न्यौपाने, कर्पोरेट सदस्यमा रोहित कुमार अग्रवाल र विकास कुमार गोयन्का तथा बस्तुगत सदस्यमा कृष्ण प्रसाद शर्मा पनि निर्विरोध चयन भएका छन् ।

पदाधिकारी पद निर्विरोध भए पनि सदस्य पदको लागी धेरै आकांक्षी भएको हुदा यसमा सहमति हुन सकेको थिएन । सदस्य पदको टुंगो लगाउन संघमा १ हजार ५ सय ६५ जनाले मतदान गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको संशोधित बिधान बमोजिम अहिले ३२ जनाको कार्य समिति रहेको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, कर्पोरेट उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष १÷१ जना, महासचिव १, कोषाध्यक्ष १, सचिव १ जना गरि ७ जना पदाधिकारी रहने संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै बाणिज्य तथा ब्यपार क्षेत्रबाट एक जना महिला सहित ११ जना सदस्य, उद्योग क्षेत्रबाट एक जना महिला गरि ६ जना सदस्य, कर्पोरेट क्षेत्रबाट २ जना सदस्य र बस्तुगत समूहबाट १ जना गरि २८ जना निर्वाचनको माध्यमबाट आउने । ३ जना निर्वाचित कार्यसमितिले मनोनयन गर्ने र १ जना निर्वतमान अध्यक्ष पदेन सदस्य गरि जम्मा ३२ जनाको कार्यसमिति चयन हुने उनले बताए ।

संघको बाँकी रहेको १६ वटा सदस्य पदको लागी ३४ जना चुनावी मैदानमा उत्रिएका थिए । सदस्यमा अर्जुन कार्की, गंगा सागर अग्रहरी, रामवचन गुप्ता, कमल प्रसाद मरासीनी, प्रमोल रिजाल, बिशाल जयसवाल, धर्मविर शर्मा, संजय कुमार बेरिवाल, प्रितम रौनियार, संचित खन्ना र अभिनव मयुर कसौधनले उम्मेदवारी दिएका छन् ।

यस्तै बाणिज्य खुल्ला सदस्यमा धर्मराज आचार्य, त्रिलोकी प्रसाद गुप्ता, कृष्ण प्रसाद अधिकारी, गोपाल भण्डारी, हरिश सेठिया, दिनेशमान अमात्य, गौरव श्रेष्ठ र जवाहिर अग्रहरी भिड्दै छन् । उद्योग महिला सदस्यमा बिष्णुमाया शर्मा पौडेल, हेमा बेल्वासे केसी, पल्लवी न्यौपाने र मिना पन्थीले पनि आफ्नो उम्मेदवारी दिएका छन् । यस्तै उद्योग खुल्ला सदस्य तर्फ भुवन कुमार कान्दु, रामचन्द्र उपाध्याय, रमेश घिमिरे, हरि थापा, ओम जैसी, रचना क्षेत्री, उमाशंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, मंगल भण्डारी, पुरुषोत्तम लम्साल र सन्दिप पौडेल भिड्दै छन् ।

यसपटकको मतदानमा मतदाताले अनिवार्य रुपमा खुल्ला वाणिज्य तर्फ १० जनालाई र खुल्ला उद्योग तर्फ ५ जनालाई मत दिइने प्रावधान ल्याएको छ । संघमा १ हजार ९ सय ४ जना सदस्य रहेका छन् । मतदान सकिए पछि आजै मतगणना गरिने भएको छ । राती ८ बजे देखी मतगणना सुरु हुने निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ