ताजा अपडेट »

सैनामैनामा मलमला मन्दिरबाट सरसफाई अभियान

शनिबार, २२ फागुन २०७७, १६ : ४७
6 Shares

सैनामैना । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पर्यटकीय क्षेत्र मलमला मन्दिरबाट नियमित सरसफाई अभियान सुरु गरेको छ । अभियानको सुरुवात गर्दै सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले नेपालमा पर्यटन प्रर्वद्धनको विषयमा जनतामा गुणात्मक रुपमा वृद्धिहुँदै आएको बताए । पर्यटन क्षेत्रको बिकासमा सरकारले मात्र गरेर नहुने भन्दै यसका लागि निजी क्षेत्र र आम जनसमुदाय नै लाग्नु पर्नेमा जोड दिए ।

सैनामैनामा पर्यटक आकर्षण गर्न पर्राेहा बोलबम धाम, बौद्धकालिन सभ्यताको संरक्षण, लामिरह बहुउद्देश्यीय जलाशय, संग्रहालय निमार्ण, मलमला क्षेत्रको बिकास, जर्लैया सिमसार क्षेत्रको संरक्षण, थारु होम स्टे निमार्ण, धार्मिक वन, शैलपुत्री मन्दिर निर्माण, कोटिवामाई संरक्षण, फुलबारी पार्क, बोलबम पर्यवणीय पार्क लगायतको क्षेत्रलाई बिकास गर्दै आएको प्रमुख कार्कीले बताए । बुुुुुुुुद्ध जन्मस्थाल लुम्बिनी, निर्माणधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थाल नजिकै सैनामैना रहेकोले यस क्षेत्रमा पर्यटन ल्याउन सके आर्थिक हिसावले सैनामैना अब्बल सबित हुने हुनाले पर्यटन क्षेत्रमा लगानी गर्न युवाहरुलाई आग्रह समेत गगरे ।

नियमित रुपमा सैनामैनाका धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाई गर्ने होटल व्यवसायी संघ सैनामैनाका अध्यक्ष खेमराज पौडेलले बताए । मलमला क्षेत्रलाई लुम्बिनीसंग जोडेर बिकास गर्न सकेमा सैनामैनाको पर्यटन क्षेत्रमा टेवा पुग्ने मलमला एकृतिक बिकास केन्द्रका अध्यक्ष गुणाखर भटट्राईले बताए । कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ सल्लाहकार ढुण्डीराज न्यौपाने, संस्थाका वरिष्ठ वरिष्ठ उपाध्यक्ष नारायण सेन, सहिद नारायण पोखेल रामापुर क्याम्पसका निर्वतमान अध्यक्ष डिल्लीराज ज्ञवाली, विश्व हिन्दु युवा संघ सैनामैनाका नगर प्रतिनिधि बिशाल पन्थ लगायतको उपस्थिती रहेको थियो । उनीहरुले सैनामैनामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सबैको अपनात्व हुन जरुरी रहेको औल्याए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।