ताजा अपडेट »

तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ निको

शनिबार, २२ फागुन २०७७, १६ : ३९
2 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।

रासस
लेखकको बारेमा
रासस