ताजा अपडेट »

मलाई प्रधानमन्त्री बन्ने लोभ छैन: देउवा

शनिबार, २२ फागुन २०७७, १२ : १२
4 Shares

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताएका छन्। शनिबार बूढानीलकण्ठमा आयोजित नेविसंघका पूर्व अध्यक्ष  नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको प्रष्ट पारेका हुन् ।

‘प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन । म प्रधानमन्त्रीको रेसमा छैन ।’ उनले भने । पुनःस्थापित  संसद बैठकमा विभाजित नेकपा कसरी प्रस्तुत हुन्छन् त्यसकै आधारमा उपयुक्त निर्णय लिने उनको भनाई छ । 

नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन्। प्रतिनिधिसभा बैठक भोलि बस्दैछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।