२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

काठमाडौँ । सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस ९कोभिड-१९० विरुद्धको खोप दिइने भएको छ ।यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिउ तापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिए । उनका अनुसार खोप उपलब्धताको आधारमा पहिले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिन थालेको हो । उनले हिमाली जिल्लामा भने ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए ।

दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हँुदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ । सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ ।प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशस्थित कार्यालयका कर्मचारीलाई खोप लगाउन सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय मिलाउने छ ।

संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, सार्वजनिक संस्थानका कर्मचारीलाई नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले पहिलो चरणमा खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमयसेविका, स्थानीय तहका कर्मचारी, प्रहरी र स्थानीय तहका कर्मचारीलाई पनि खोप उपलब्धताका आधारमा दोस्रो चरणमा खोप लगाइने व्यवस्था मिलाएको छ ।सरकारले पहिलो चरणमा चार लाख २९ हजार व्यक्तिलाई खोप लगाएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता दिक्क मानेर कार्यालयमा बस्ने भन्दै मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो लागुऔषधसहित ५ जना पक्राउ मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र जनप्रतिनिधि आएको आठ महिनासम्म लालपुर्जा वितरण नभएपछि बर्दिवासवासी चिन्तित मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै