ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई सोध्यो : हामीलाई मान्यता दिन किन ढिला गरेको ?

शुक्रबार, २१ फागुन २०७७, १७ : ५४
12 Shares

काठमाडौँ । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिखित रूपमै निर्वाचन आयोगलाई आफूलाई मान्यता दिन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेको छ।

शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि पत्र बुझाएको जानकारी दिए । पाण्डेसँगै नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।