ताजा अपडेट »

दोश्रो चरणमा साढे ५२ हजार जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप

शुक्रबार, २१ फागुन २०७७, १८ : ०६
4 Shares

भैरहवा । स्वास्थ्य कार्यालय रुपन्देहीले दोश्रो चरणको कोरोना बिरुद्धको खोप यहि फागुन २३ गते देखी सञ्चालन गर्दैछ । ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई लक्षित गरि खोप जिल्लाका ५२ हजार ६ सय ८७ जनालाई लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । आगामी २३ गते देखी सञ्चालन हुने कार्यक्रमलाई जिल्लामा २ चरणमा सञ्चालन गरिदै छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा स्थानिय तहका जनप्रतिनिधि र सञ्चारकर्मिहरुलाई अभिमुखीकरण कार्यक्रम गरि खोपको कार्यक्रमबारे जानकारी गराएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले फागुन २३ गते देखी २५ गते सम्म बिभिन्न ८ स्थानिय तहमा र चैत्र १ गते देखी ३ गते सम्म बाँकी ८ स्थानिय तहमा गरि १६ वटै स्थानिय तहका जेष्ठ नागरिकलाई निशुल्क खोप प्रदान गरिदै छ । गिरीले पहिलो प्राथमिकतामा ६५ बर्ष भन्दा माथीका नागरिक भए पनि खोपको उपलब्धताको आधारमा ५५ बर्ष माथीका नागरिक गरि १ लाख १० हजार ८ सय १५ जनालाई खोप दिने लक्ष्य रहेको बताए ।

अहिलेको खोप सम्बन्धित स्थानिय तहमै लगाउन सकिने र यसको सम्पूर्ण तयारी पुरा भएको कार्यालयले जानकारी दिएको छ । जिल्ला भरि गरे ८३ वटा खोप केन्द्रबाट खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख गिरीले जानकारी दिए । यसको लागी २ सय ५८ जना स्वास्थ्यकर्मि र २ सय ४६ जना खोप कार्यक्रमा संलग्न स्वयम सेवकहरु खटाईएको छ । यस अतिरिक्त स्थानिय तहमा खोप पश्चात हुन सक्ने आवाञ्छित घटना ब्यवस्थापनको लागी १६ स्थानिय तहमै चिकित्सक सहितको खोप पश्चात हुने आवाञ्छित घटना टिम एवम रेफरल टिमको ब्यवस्था गरिएको छ ।

पहिलो चरणमा खोप लिएका कसैलाई पनि कुनै प्रकारको समस्या नरहेको कारण ढुक्क भएर कोरोना बिरुद्धको खोप लिन जिल्ला खोप समन्वय तथा अनुगमन समितिले आग्रह गरेको छ । पहिलो चरणमा स्थानिय तहका जनप्रतिनिधिहरु धेरै कमले मात्र खोप लिएका छन् । जनप्रतिनिधिहरु जनताका आदर्श पात्र रहेका कारण उनिहरुले यस बारे सकारात्मक प्रचार प्रसार गर्न आवश्यक रहेको समितिको आग्रह थियो । यस चरणमा पहिलो चरणमा पहिलो प्राथमिकता र दोश्रो प्राथमिकतामा परेका कोभिड १९ बिरुद्धको पहिलो मात्रा प्राप्त गरेकालाई पाि खोप दिने बताईएको छ ।

यस्तै १० देखी १२ हप्ताको फरक पारी २०७८ बैशाख ७ देखी १५ सम्ममा १४ हजार २ सय ९७ जनालाई दोश्रो मात्रा दिईने कार्यालयले जनाएको छ । यस अभियानमा पहिलो पहिलो मात्रामा खोप लिएकाहरुले जेठ ९ गते देखी खोप प्राप्त गर्नेछन् । जिल्लामा अहिले सम्म पहिलो प्राथमिकताको खोप कार्यक्रममा ६ हजार ७ सय ९१ र दोश्रो प्राथमिकताको खोप कार्यक्रममा ७ हजार ५ सय ६ जना गरि १४ हजार २ सय ९७ जनाले खोप लिई सकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा